बैशाख २७, २०८२ शनिबार

चलचित्र हेरेपछि चेत बदलौं

सम्पादकीय
अहिले नेपाली चलचित्र पुजार सार्की देशभर प्रदर्शन भइरहेको छ । नेपाली चलचित्र प्रदर्शन भएको खासै चर्चा परिचर्चा हुदैनन् । तर, पछिल्लो समय लगातार आइरहेका फिल्महरु दर्शले मन पराइरहेका छन् । फिल्म हलहरुमा फर्की फर्की र पुजार सार्की चलिरहेको छ । त्यसमध्ये दर्शकहरुले पुजार सार्की रुचाइरहेका छन् । समाजमा रहेको जातीय भेदभावलाई चलचित्रको माध्यमबाट देखाइएको छ । तर, चलचित्रमा देखाइएको विभेदका घटनाहरु नेपाली समाजका लागि पुरानो भइसक्यो । अर्थात, फिल्म मार्फत विगतमा दलित समुदायले भोगेको कथाहरुलाई बाहिर ल्याउने प्रयास गरिएको छ ।

जातपातका आधारमा हुने विभेद अहिले पनि जीवीत छ । विगतमा जस्तो छैन, अहिले विभेदका नयाँ रुपहरु छन् । हुनतः फिल्ममा २०४६ कै कथा भनेर उल्लेख गरेर देखाइएको छ । चलचित्रमा दलित समुदायले कथित उपल्लो जातिबाट भोग्नु परेको पीडा र शोषणलाई जस्ताको त्यस्तै उतारिएको छ । दलितहरुलाई मान्छेको ठाउँमा नराखेपछि मान्छे बन्नलाई बाहुन बन्नुपर्ने, क्षेत्री बन्नुपर्ने जस्तो कथामा प्रस्तुत गरिएको छ । चलचित्रमा विगतको पीडा मात्रै देखाइएको छ । जातीय भेदभाव गर्दा पाइने सजाय चलचित्रमा देखाइएको छैन । बरु, दलितको पक्षमा बोल्नेहरुले मर्नुपरेको देखाइन्छ । चलचित्रले पीडितमाथि न्याय गरेको देखाउन सक्नुपर्छ । दलितको मुद्धा बाहुन बन्नु होइन, संविधानले दिएको अधिकारको कार्यान्वयन हुनुपर्छ भन्ने हो ।

चलचित्रको लेखक र निर्माताले ठुलो चुनौतिका बीचमा पुजार सार्की ल्याए । आजको दिनमा जातपातको कथामा चलचित्रमा लगानी गर्ने विषय असामान्य चुनौति हो । गाउँको कथा देखाइएको पुजार सार्कीले संविधान निर्माणपछि दलितले पाएको अधिकार उल्लेख गरेको छैन । दलितहरु देशका सम्पत्ति हुन् । कला र सीपका धनी हुन् । उनीहरु र कथित उपल्लो जातिहरुबीच केहि भिन्नता छैन भन्ने चलचित्रमा पर्याप्त मात्रामा देखाइनु पर्ने थियो । चलचित्रले धेरै समेट्ने प्रयास गरेको छ । दलितहरुलाई विशेषाधिकार दिनुपर्ने, समान सहभागिता गराउनेपर्ने जस्ता विषय चलचित्रमा छुटेका छन् । पुजार सार्की दलितहरुको आवाज बोल्ने चलचित्र हो । यसले सामाजिक रुपमा रहेको ठुलो समस्यालाई चिर्ने प्रयास गरेको छ । यो चलचित्र हेरेपछि कम्तिमा आफुलाई बदल्ने प्रयास गरौं । जातपात, धर्म, लिंग, वर्ग र रंङका आधारमा विभेद गर्न हुदैन भन्ने चेतको विकास गरौं । सबै हिसावले सम्पन्न भएपनि चेतका हिसावले गरिव हुने छुट कसैलाई छैन ।

प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]