बैशाख २८, २०८२ आईतबार

सहकारीविरुद्ध अराकता मच्चाउनेलाई नछोडौं

सम्पादकीय

बैंक तथा वित्तीय संस्थामाथि भइरहेको अराजकता विरुद्ध एनएमसीले कारबाहीका लागि प्रहरीमा उजुरी दिएको छ । दमक प्रहरीमा एनएमसीले उजुरी दिएपछि संस्था गलत प्रवृत्ति विरुद्ध प्रतिवादमा उत्रिएको स्पष्ट छ । प्रतिवाद गर्न ढिलाई भइसकेको थियो । तथापि, एनएमसीले गरेको प्रयासमा अब सहकारी संघ संस्थाहरुले साथ र सहयोग गर्नुपर्छ । गलत प्रवृत्तिको प्रतिवाद गर्न होस् वा कारबाहीको माग गर्न सहकारी संस्था बेठिक भएको हुनुहुदैन । सहकारी संस्थाहरुमाथि पछिल्लो समय भइरहेको ज्यादती विरुद्ध सहकारी संवद्ध संघ संगठनहरु बालिरहेको अवस्था छैन । प्रहरीमा सहकारी संघ संगठनहरुले उजुरी गरेर दवाव दिनुपर्नेमा एनएमसी आफैले उजुरी गरेको छ ।

बिर्तामोडमा दुई साताअघि दुई वटा बैंकमा तोडफोडको घटना भयो । त्यसमा संलग्नहरुलाई प्रहरीले कारबाहीका लागि अनुसन्धान अघि बढाएको छ । केहि व्यक्तिहरु फरार भएको अवस्था छ । वित्तीय क्षेत्रमा अरानजकता मच्चाउन पाइदैन । कोहि पनि त्यसरी प्रस्तुत भएमा कानुनी कारबाहीका लागि प्रहरी प्रशासनले बलियो ढंगबाट साथ सहयोग गर्नुपर्छ । सहकारीमा विभिन्न नाममा भइरहेका धम्की, तोडफोडजन्य घटनाहरु खेदजनक छ । त्यस प्रकारका अराजकता विरुद्ध बलियो ढंगबाट आवाज उठाउन सहकारीबीचको एकता देखियो ।

झापाको सवालमा कुरा गर्ने हो भने सहकारीहरु पनि बचतकर्ताको बचत फिर्ता नगरी काम गरिरहेको अवस्था छ । केहि सहकारीका सञ्चालकहरुलाई कारबाहीका लागि पक्राउ नै गरिसकेको छ । सहकारीमा सदस्यहरुको रकम ठगी गर्नेलाई कसैले बचाउने काम गर्न हुदैन । बिर्तामोडकै सवालमा कुरा गर्ने हो भने सदस्यहरुको लाखौं लाख रुपैयाँ बचत गरेर संस्था बन्द गरेको अवस्था छ । सदस्यहरु आफ्नै बचत रकम फिर्ता पाइरहेका छैनन् । सामान्य मजदुरी गरेर खानेहरुको बचत रकम सहकारीले फिर्ता गर्न सकेको छैन । विरामी पर्दा पनि लाखौं रुपैयाँ जम्मा गर्ने बचतकर्ताले रकम फिर्ता पाइरहेको छैन । यस प्रकारका सहकारीलाई सहकारी संघ संगठनहरुले कारबाहीको दायरामा ल्याउनुपर्छ । सञ्चालकहरुको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता हुनुपर्छ । त्यसैले सहकारीहरुले सदस्यमाथि अन्याय गर्न मिल्दैन । सहकारीहरुमाथि कुनै पनि समूहका नाममा अराजकता मच्चाउन मिल्दैन ।

प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]