बैशाख २४, २०८२ बुधबार

कारबाही नगरे वडा सचिवहरुले आन्दोलन घोषणा गर्ने

शिवसताक्षी । झापाको शिवसताक्षीका वडा सचिव भट्टराई माथि कुटपिट प्रकरणमा झापा जिल्ला वडा सचिव हकहित मञ्चले दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् ।

आइतवार झापा जिल्लाका सचिवहरुको संगठन वडा सचिव हक हित मञ्चले वडा सचिवमाथि कुटपिट गर्ने बजगाँई दाजुभाईलाई कडा भन्दा कडा कार्वाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

राज्यको पहिलो जनताको काम गर्ने निकाय वडा कार्यालयमा सचिवहरु नै असुरक्षित हुँदा काम गर्न कठिन भएको वडा सचिव हकहित मञ्चका सचिव खगेन्द्रबहादुर लिङ्देनले बताए । एउटा राष्ट्रसेवक माथि भौतिक आक्रमण हुनु जघन्य अपराध भएकाले कानुन बमोजिम कडा भन्दा कडा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय झिलझिले र जिल्ला प्रशासन कार्यालय झापा पनि ध्यानाकर्षण पत्र बुझाएको बताए । उनले दोषिमाथि कार्वाही नभए अन्य आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने समेत जानकारी दिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज अनिष बुढाथोकीले सचिव कुटिएको थाहा पाउने वित्तिकै कुटपिट गर्ने दाजुभाईलाई पक्राउ गरी अनुसन्धानको घेरामा राखिएको बताए । उहाँहरुलाई म्याद थप गरी ल्याएका छौं । प्रहरी थप अनुसन्धानमा लागेको उनको भनाई थियो ।

गएको जेठ १७ गते गएको सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका वडा नं. १ को कार्यालयमा परिसरमा वडा सचिव नन्दीकेशर भट्टराईलाई आफू अनुकूलको कागज तत्काल नमिलाइदिएको भन्दै कुटपिट गरेका गरेका थिए । वडा सचिवमाथि आक्रमण गर्ने स्थानीय सोमनाथ बजगाई र उनका दाजु घनश्याम बजगाईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ ।

जन्मदर्ता सच्याउनका लागि बजगाई दाजुभाई वडा कार्यालयमा गएका थिए । नौ वर्ष अगाडि बनाएको जन्मदर्तामा बाबुको थरबाट जन्मदर्ता बनेको थियो। उक्त जन्मदर्ता तत्कालीन धरमपुर गाविस सचिव पूर्ण शम्सेर कुँवरले बनाइदिएका थिए ।

आवेदक बजगाईले अहिले आफ्ना नानीको जन्मदर्तामा आमाको थर पनि समावेश गर्न माग गर्दै निवेदन दिएका थिए । बजगाईकी श्रीमती कुईकेल हुन । जन्मदर्तामा कुईकेल थर समावेशका लागि बजगाईले वडा अध्यक्षसमक्ष निवेदन दिएका थिए । उक्त निवेदनमा वडा अध्यक्ष लक्ष्मी चेम्जोङले नियमानुसार जन्मदर्ता सच्याइदिन सचिव भट्टराईलाई तोक आदेश दिएका थिए ।

वडा अध्यक्ष चेम्जोङले सच्याइदिनु भन्ने तर,सचिवले नटेर्ने भन्दै बजगाई दाजुभाईले सचिव भट्टराईमाथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्मदर्ता दर्ता भएको मितिले १ वर्षमा सच्याउन पाईने कानुनी प्रावधान छ । तर, ९ वर्षअघिको काजगपत्र सच्याउन यतिवेला वडा सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]