बैशाख २७, २०८२ शनिबार

फिफा विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेन्टस् ९यूएई०बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा राति पौने १० बजेदेखि सुरु हुनेछ । घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तराष्ट्रिय दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भुमिका रुपमा साउदी अरबमा खेल्नु परेको हो ।

यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो । छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ । नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो ।

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेलमा हार भोगेको छ । नेपालले यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]