बिर्तामोड १ लाई नगरकै उत्कृष्ट र नमुना वडा बनाउने योजना
झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा यही साता इन्टरनेटका तार काटियो । अव्यवस्थित तारका कारण वडा क्षेत्र कुरुप बनेको, आगलागीको जोखिम बढेको निष्कर्ष निकाल्दै वडा कार्यालयले सबैजसो तारहरु काटिदियो । बुधबारसम्म वडाले तार व्यवस्थापन र सूचिकृत हुन समय उपलब्ध गराएको थियो ।
अव्यवस्थित तार व्यवस्थापनमा वडाको एक्सनप्रति वडाबासीले धन्यवाद दिइरहेका छन् । अब वडाभित्र व्यवस्थित ढंगले काम नगर्ने, नगरपालिकामा सूचिकृत नहुने इन्टरनेट सेवा प्रदायकलाई बिर्तामोड १ मा काम गर्न नदिने वडाअध्यक्ष अग्नीप्रसाद पाण्डेले अठोट गरेका छन् । तारहरु अव्यवस्थित हुँदा आगलागी भएका घटनाहरु भएका छन् । तसर्थ यसलाई व्यवस्थापन गर्न पाँच सदस्यीय समिति निमार्ण गरेर वडाले कामलाई अघि बढाएको छ । जहाँ नेटवर्किङ सम्बन्धी संस्थाहरुकै प्रतिनिधिहरु सहित समिति निमार्ण गरिएको छ ।
समितिले एउटा प्रतिवेदन हामीलाई दिइसकेको छ । समितिले उक्त प्रतिवेदनमा जोखिमका आधारमा पहिलो चरणमा गर्न पर्ने, दोस्रो चरणमा गर्नुपर्ने र तेस्रो चरणमा व्यवस्थापन गर्नुपर्ने विषयलाई समेत खुलाएको छ । त्यस प्रतिवेदनलाई हामीले वडाबाट नगरपालिकामा पनि पठाइसहेका छौँ, पाण्डले भने ।
तार व्यवस्थापनका सन्दर्भमा वि.सं. २०८० मंसिर २३ गते विर्तामोड नगरपालिका र नेटवर्किङ कम्पनीहरु बीच एउटा सहमति भएको थियो । नेटवर्किङ् संस्थाहरुले त्यस सहमति अनुरुप काम नगरेको हुनाले सम्झौता पालन गर्न अपील गरिएको थियो । साथै नगरपालिकामा सूचिकृत हुन पनि वडाले आग्रह गरेको थियो । जसको बुधबार अन्तिम मिति रहेको थियो । यदी सूचिकृत हुन नआएमा हाम्रो सर्त अनुसार सूचिकृत हुन नआएका नेटवर्किङ् संस्थानहरुको तार काट्ने निर्णय भएको छ ।
तार व्यवस्थापनलाई किन विशेष महत्व दियौं भन्ने जनजिज्ञासा आउछ । यसको मुख्य कारण विर्तामोड नगरपालिकामा घरैमा टासिएका बिजुलीका पोलहरु पनि छन् । यस प्रकारको पोलहरुमा आगलागी हुँदा घरमा क्षति हुन्छ । यसलाई नियन्त्रण गर्न हामीले तार व्यवस्थापनको अभियान सुरु गरेका हौँ । यो अभियानको सुरुवात विर्तामोड वडा नम्बर १ ले गरेको छ । यो अभियान बिर्तामोड नगरपालिका भरी सञ्चालन हुने छ ।
पाण्डे पुनः दोहोरिएको वडा अध्यक्ष हुन् । पहिलो नगर परिषद्मा हामी आउँदा विर्तामोड फोहोरको डंगुरमा थियो । हामीले फोहोरको समस्यालाई न्यूनीकरण गर्दै समाधान ग¥यौं । दोस्रो नम्बरमा अव्यवस्थित रुपमा हिलाम्मे रहेका बाटाघाटाहरुको व्यवस्थापन ग¥यौं । यसका साथै अदुवा खोलाले पुराएको क्षतिलाई न्यूनीकरण गर्न तटबन्धन ग¥यौं । जस मार्फत् नदी कटानको समस्यालाई हामीले पूर्णरुपमा निरुपण गरिसकेका छौँ । यसैगरी हामीले रोजगारमूलक कार्यक्रमहरु पनि आयोजना गर्दै आएका छौ । हामीले हाम्रो पहिलो कार्यकालमा भौतिकपूर्वधारका क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गरेका थियौं ।
हामीले सुरुको चरणमा सडकको स्तरोन्नतिमा लगानी ग¥यौं । हामी पहिलो कार्र्यकालमा निर्वाचित भएर आउँदा यस वडाका सडकहरु हिलाम्मे र धुलाम्मे थिए । यति मात्र हैन केही सडकहरुको त रेखाङ्कन मात्र थियो । यसरी दशकौं वर्षदेखि अलपत्र पारिएको सडकहरुलाई हामीले पाँच वर्षमा स्तरोन्नति ग¥यौं । दोस्रो कार्यकालमा आइपुग्दा सडक विकासको काम अन्तिम चरणमा पुगेको छ ।
जम्मा ३६ वटा टोलविकास संस्था भएको विर्तामोड १ मा हामीले पूर्वधारको विकास गरिसकेका छौँ । सबै टोलमा सडक कालोपत्रे पु¥याएका छौं । अधिकांश सडकहरुमा पेवर्स लगाएका छौँ । अतिथि सदनबाट जगतबस्ती आउने बाटो पेवर्स गरेका छौं । जगतबस्तीबाट मुसीचोक जाने बाटो अलिकतिमा मात्र कालोपत्रे बनाउन बाँकी छ । यस्तो थुप्रै सडकहरु हाम्रो पालामा निमार्ण भएका छन् ।
दक्षिण तर्फ मनकामना टोल, हनुमान मान्दिर टोल, नमुना टोल, काली मन्दिर टोल, कालिका नगर टोल, राम नगर टोल लगायतका टोलहरुमा पनि हामीले भौतिक पूर्वधार तर्फको कालोपत्रे र पेवर्सको काम लगभग सम्पन्न भइसेका छन् ।
अब बनाउन पर्ने बाटोहरुमा धर्मकाँटाबाट उत्तर सघन सहरीबाट ठेक्का लागि सकेको छ । अर्को हाईवेबाट अतिथि सदन हुँदै सूर्यनगर जोडिने बाटो पनि सघन सहरीबाट ठेक्का लागि सकेको छ । अब बनिने बाटाहरु भनेको वडा कार्यलयबाट ग्रिनफिल्ड हुँदै सिरिजंगा मार्ग जोड्ने बाटो, सिरिजंगाबाट मुसी चोक जोड्ने बाटो, हाईवेबाट उत्तर शिवालय हुँदै अर्जुनधारा नगरपालिका जोडिने बाटाहरु आउँदो बजेटमा काम गर्ने हाम्रो लक्ष्य छ ।
जनताको इच्छा, चाहना र मागमा पहिलो सडक नै पर्छ । भौतिक पूर्वधारको विकासले मात्रै समृद्ध नेपाल सुखी नेपाली नबनाउने भएकाले आर्थिक समृद्धि पनि आवश्यक छ भनेर त्यता ध्यान दिन थालेका छौँ । नागरिकहरु पनि अब कसरी आर्थिक समृद्धि हाँसिल गर्र्ने भनेर लाग्नु भएको छ । अब हामी नागरिकको जीवनस्तर उठाउन उहाँहरुको आयआर्जन बढाउने काममा लाग्ने छौँ ।
यस वडामा ४०–४५ वटा आवास बनाएर जिम्मा लगाइसकेका छौं । बाँकी रहेका केही आवासको काम पनि आउँदो आर्थिक वर्षमा सम्पन्न गरिनेछ । वार्षिक रुपमा दुई सय बिपन्न घरपरिवारको बीमा गर्ने काम भएको छ । अब समृद्धि प्राप्त गर्नका लागि हामीले आर्थिक पक्षकै कामलाई प्राथमिकतामा राखेका छौँ ।
बिर्तामोड १ मा ४० फिट खाली ठाउँ छाडेर अदुवा खोलामा तटबन्धन गर्न सफल भएका छौं । यस वडाभित्र अदुवा खोला अतिक्रमण नपरेको जानकारी गराउदछु ।
नयाँ आर्थिक वर्ष सुरु हुन लागेको छ । हामी असार १० गते भन्दा अगाडि टोलटोलबाट योजनाहरु दिने काम गर्नेछौँ । त्यसमध्ये सडक बत्ती नजोडिएको केही टोलहरुलाई प्राथमिकतामा राखेका छौँ ।
हामीले यसै आर्थिक वर्षमा पनि विपन्न परिवारका सदस्यहरुलाई साबुन बनाउने, फिनेल बनाउने र हार्पिक बनाउने तालिम दिएर २५–३० परिवारलाई रोजगार प्रदान गरेका छौँ । यस्तै यस्तै प्रकारका तालिमहरु ल्याएर हामीले उहाँहरुलाई उद्यमशील बनाएर आर्थिक समृद्धिको बाटोमा लागेका छौँ । विशेषतः महिला, पिछडिएका वर्ग, विपन्न परिवारका सदस्यहरुलाई विभिन्न प्रकारका क्षमता विकासका कार्यक्रमहरु ल्याएर उहाँहरुका आर्थिक उन्नति गर्ने काम गर्ने पाण्डेको भनाई छ ।
हामी बालबालिकाहरुका निम्ति बाल क्लबहरुलाई व्यवस्थित गर्ने छौँ । खेलकुदका क्षेत्रमा वडाध्यक्ष कप सुरु गरेका छौँ । वडा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेका छौँ । हामी सबै क्षेत्रमा हाम्रो सामथ्र्य अनुरुपको बजेट विजियोजन गरेर वडालाई अगाडि बढाउने छौँ ।
हाम्रो कार्यकालमा भएका स्मणयोग्य कामहरु थुप्रै रहेका छन् । जसमध्ये प्रमुख काममा अदुवा खोलाको तटबन्धन एउटा प्रमुख हो । यसैगरी बाटाघाटाको व्यवस्थापन, स्वास्थ्यमा एक कट्ठा जमिन प्राप्त गरि भवन निमार्ण गरी सञ्चालन, वडा मै आयुर्वेदिक स्वास्थ्यलयको सञ्चालन, जेष्ठ नागरिकहरुको सम्मान लगायतका कामहरु महत्वपूर्ण रहेका छन् ।
सपना र कल्पना बिना कुनै पनि योजनाले सार्थकता प्राप्त गर्दैन । तसर्थ मैले पनि विर्तामोड १ को बारेमा केही परिकल्पना गरेको छु । मैले बिर्तामोड वडा नम्बर १ लाई बिर्तामोड कै उत्कृष्ट नमुना वडा बनाउने उद्देश्यका साथ जनप्रतिनिधि र कर्मचारीहरु जिम्मेवार पूर्वक जनताको सेवामा क्रियाशिल छौं ।
आगामी वर्ष बिर्तामोडमा लागुऔषध दुव्र्यसन न्यूनीकरण गर्न युवाहरु तथा अभिभावकहरुमा जनचेतनाको कार्यक्रमहरु लिएर जाने योजना छ ।