असार ७, २०८२ शनिबार

इलाममा आदिवासी जनजाति महोत्सव

इलाम । इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका(११ मा दुई दिने महोत्सव हुन लागेको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन एवं विविध परिकार प्रदर्शन गरिने नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले जानकारी दिए । “आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो”, उनले भने ।

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]