जेष्ठ ४, २०८१ शुक्रबार

तङग्रिदैछन् प्यारालाइसिसका विरामी

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापीले धेरै परिवारमा गुमेको खुशी फर्काइरहेको छ ।
शारिरीक रुपमा आजीवन अशक्त भएर बाँच्नु पर्ने सोच बनाइ सकेकाहरुलाई बिर्ता आयुर्वेदले नयाँ जीवन दिई रहेको छ । ३ वर्षअघि स्थापना भएको सो आयुर्वेद केन्द्रले नयाँ जीवन मात्र होइन, आयुर्वेद उपचारमा विश्वास पनि बढाइरहेको प्रवन्धक नर्वदा भट्टराईले जानकारी दिइन् । दर्जनौ विरामीलाई नयाँ जीवन दिएको बताउँने भट्टराईका अनुसार जटिल समस्या भएका विरामीको पनि बिर्ता आयुर्वेदमा उपचार भइरहेको छ ।


इलाम फिक्कल घर भएकी मिनु गुरुङ कार्तिक महिनादेखि सोहि आयुर्वेदमा छोराको उपचार गरिरहेकी छन् । लामो समय उनलाई छोराको स्वास्थ्य समस्याले धेरै समय त्रसित बनायो । ३८ वर्षीय छोरा दिपेश गुरुङको शरिर एक भाग चल्न छोडेपछि परिवारलाई नै तनाव पनि भयो । परिवारले उनको उपचारको लागि विभिन्न ठाउँ पुगेपनि उपचार संभव भएन । गत कार्तिक महिनादेखि अहिलेसम्म गुरुङको उपचार निरन्तर चलिरहेको छ ।

आमा मिनुका अनुसार शुरुवातमा दुई जनाले घिसारेर हिड्नु परेको थियो । अहिले दिपेश आफै हिड्न थालेका छन् । हरेक दिन उनको स्वास्थ्यमा सुधार भएरहेको आमाको भनाई छ । गाउँमा सोहि आयुर्वेदबाट उपचार गरेर घर फर्केका सेवाग्राहीले भनेपछि उपचारका लागि आएकी उनले आयुर्वेद विधि राम्रो लागेको सुनाईन् । उनले भनिन्, आयुर्वेदबाट उपचार संभव छ । मेरो छोरा चाँडै हिड्नेमा पनि म विश्वास गर्छु – गुरुङले थपिन ।

यस्तै शिवसताक्षी–९ दुधेका शेख बहादुर श्रेष्ठ पनि श्रीमतिको प्यारालाइसिसको उपचार गराइरहेका छन् । ५७ वर्षीया राधिका श्रेष्ठ उपचारको अडाई महिनामा हिड्न थालेको शेख बहादुरले जानकारी दिए । उनका अनुसार न्यूरो विराटनगर र बिर्ता सिटीमा उपचार संभव नभएपछि बिर्ता आयुर्वेद ल्याएको हो । आयुर्वेदमा उपचार भइरहेको सुनेपछि विश्वास गर्दै उपचारका लागि आएको प्रतिक्रिया दिए । श्रीमतिको अवस्था सुधार हुँदै गएपछि श्रेष्ठ पनि खुशी छन् ।


तिन वर्षभित्र असंभव उपचारलाई पनि संभव बनाएको सञ्चालक योगेश श्रेष्ठको दावी छ । उनले भने, धेरै विरामी अन्तिम प्रयास गरौं भनेर आउनुहुन्छ । तर, उपचार सफल बनाएर जानुहुन्छ । पाँचथरकी सरस्वती लिम्बू, फिक्कलका विशाल प्रधान र झापाका सागर शिवाकोटीले छारशुत्रबाट पायल्सको उपचार गराए । यसरी उपचार गराउँने दर्जनौ विरामी अन्तिम प्रयास गर्ने भन्दै आउनु हुन्छ, सञ्चालक श्रेष्ठले भने – तर, उपचार सफल बनाएर फर्किरहनु भएको छ ।


सो बिर्ता आयुर्वेदले बहिरंग सेवा सञ्चालन गरिरहेको छ । आयुर्वेद अस्पताल बनाउने योजना रहेको सञ्चालकहरुको भनाई छ । विभिन्न समयमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर आयुर्वेद उपचारको विश्वास बढाइरहेको बिर्ता आयुर्वेदले प्यारालाइसिस, नशा च्यापिएको, पायल्स, ग्याष्ट्रिक र हार्डजोर्नीको उपचारमा सफल सावित गर्दै आएको छ ।


पश्चिममा सिरहा, सप्तरी र पूर्वी पहाडमा सेवा क्षेत्र बनाएको आयुर्वेद केन्द्रले एलोपेथिकको हिसावमा कम असर गर्ने भएकाले उपचार गर्नेको संख्या बढ्दै गएको सञ्चालक श्रेष्ठको भनाई छ । हाल दैनिक ३०÷४० जना उपचार सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]