बैशाख २७, २०८२ शनिबार

टी–२० विश्वकप : नेपाल र श्रीलङ्काको खेल रद्द, एक/एक अङ्क बाँडे

एजेन्सी – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले दुई र श्रीलङ्काले एक खेल खेल्न बाँकी छ । नेपाली टोली अमेरिकाबाट वेस्ट इन्डिज जानेछ । सेन्ट भिसेन्टमा नेपालले दक्षिण अफ्रिका र बङ्ग्लादेशसँग खेल्नेछ ।

नेपालले समूह ‘डी’ बाट शीर्ष दुईमा रहेर सुपर आठमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । यो समूहमा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]