बर्षाले भद्रपुरको राजपैनी खोलाको पुलमा क्षति
बिर्तामोड । भद्रपुर -१ लाहुरे चोक नजिकै रहेको राजपैनी खोलाको पुलमा क्षति पुगेको छ । शनिवारदेखिको अविरल वर्षाले पुलमा क्षति पुगेको झापा प्रहरीले जनाएको छ ।
५० मिटरको सिमेन्टले बनेको कल्वर्ड पुल पानीले क्षति पुराएपछि भद्रपुरदेखी बनियानी केचना चल्ने भित्री मेची राजमार्ग सडक खण्डमा आवतजावत गर्ने सवारी साधनहरुलाई डाईभर्टसन गराई वैकल्पिक मार्गद्धारा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।