बैशाख २६, २०८२ शुक्रबार

अनेमसंघ भद्रपुरमा सर्वसम्मत नेतृत्व चयन

भद्रपुर – अखिल नेपाल महिला संघ भद्रपुरको दोस्रो नगर सम्मेलनले अंगिरा पराजुलीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
नवनिर्वाचित नगर कमिटीको उपाध्यक्षमा होमा पोखरेल, सचिवमा रञ्जना तावा लिम्बू, सहसचिवमा पार्वता श्रेष्ठ र कोषाध्यक्षमा सोममाया लोहार सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक माधव विद्रोहीले जानकारी गराउनु भएको छ ।

शनिवार भद्रपुर नगरपालिका वडा नम्बर १०को सभाकक्षमा भएको दोस्रो नगर सम्मेलनको अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले पोखरेलले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रीय उपाध्यक्ष पोखरेल, नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्य बसन्त बानियाँ, अनेमसंघ जिल्ला सदस्य तथा भद्रपुर नगर इञ्चार्ज मित्रा भट्टराई, नेकपा एमाले भद्रपुर नगर कमिटीका अध्यक्ष निर्माण नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अनेमसंघ भद्रपुर नगर कमिटीको अध्यक्ष प्रेमकुमारी भट्टराईको अध्यक्षता भएको सम्मेलनमा अंगिरा पराजुलीले स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा ८० वर्षीया दुर्गामाया कट्टेलसहित दुईजना अग्रज महिलालाई सम्मान गरिएको थियो ।

बन्दसत्रको अध्यक्षता अध्यक्ष मण्डलका अध्यक्ष मित्रा भट्टराईले गर्नु भएको थियो । अध्यक्ष मण्डलका सदस्य तथा निर्वाचन समितिका संयोजक माधव विद्रोहीले सर्वसम्मत निर्वाचित नगर कमिटीको नामावली घोषणा गर्नु भएको थियो ।

नगर कमिटीको सदस्यहरुमा दुर्गा पोखरेल, प्रमिशा भण्डारी, हिमा दाहाल बराल, अम्बिका आचार्य, मिना राई, लीला अधिकारी, सिम्ब्रन शिवा, पूजा लिम्बू, संगिता खतिवडा, गोमा दर्जी, दुल्की गणेश र प्रसंशा ठटाल सर्वसम्मत निर्वाचत हुनु भएको थियो ।

त्यसैगरी सर्वसम्म निर्वाचित हुनुहुनेहरुमा कमला दाहाल बराल, सावित्रा ढकाल, मोहनी निरौला (रेश्मा), शान्ता सिग्देल, धना बुढाथोकी, तुलसा घिमिरे, यसोधा निरौला, चन्द्रकला बुढाथोकी, देवीमाया दाहाल, संगिता ढकाल कोइराला, शारदा बराल र विनु धमला हुनुहुन्छ ।
त्यसरी नै मिलन राजवंशी, शरस्वता श्रेष्ठ, शर्मिला राजवंशी, यशोधा श्रेष्ठ, कमला अछामी, प्रमिला महत्तो र निलम श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : असार ३, २०८१ आईतबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]