असार ६, २०८२ शुक्रबार

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पु¥याइने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएका बताएका छन् ।

श्रम मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सय दिनको उपलब्धि सुनाउँदै श्रम मन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पु¥याउने तयारी गरेको बताएका हुन् । ‘वैदेशिक रोजगारीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाई १० लाखसम्म पु¥याउने प्रस्ताव मन्त्रालयले अघि बढाएको छ ।’ उनले भने ।

उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनका उपलब्धि सुनाउँदै मन्त्रालयबाट तत्काल सुधारका र नीतिगत सुधारका कामहरू भएको बताए । ‘श्रम स्वीकृति लिने प्रक्रियालाई चुस्त बनाएर एक घण्टाभित्रै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेका छौँ, उनले भने, ‘यद्यपि, सोचेजस्तो हुन सकेका छैन, सुधारको काम बाँकी छ ।’

यस्तै श्रमिकका लागि श्रमाधान योजना अघि बढाएको बताए । जस अन्तर्गत श्रमिकको गुनासो सुन्न र जिज्ञशा मेटाउन श्रमाधान कल सेक्टर सुरु गरेको बताए । उनले अझै स्तरीय र प्रभावकारी बनाउने काम भइरहेको सुनाए ।

यस्तै युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका सातैवटा प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिएको बताए । यस्तै वैदेशिक रोजगारीमा जाँदा श्रमिकलाई लाग्ने आर्थिक भार, अङ्ग्रेजीमा भाषा अनिवार्य गर्ने जस्ता ल्याएको विवादास्पद कार्यविधि खारेज गर्ने जस्ता नीतिगत सुधारका काम भएको बताए । उनले साउनबाटै अनलाइनबाटै मागपत्र प्रमाणीकरण गर्ने तयारी भइरहेको समेत बताए ।

यस्तै उनले ‘श्रमिकसँग श्रममन्त्री’ भर्चुअल संवाद पनि सञ्चालन गर्ने तयारी गरेको बताए । ‘आन्तरिक र वैदेशिक रोजगारीमा भएका श्रमिकका कुराहरू सुन्न भर्चुअल संवाद साउनदेखि सुरुवात गर्ने तयारी गरेका छौँ ।’ उनले भने ।

प्रकाशित मिति : असार ३, २०८१ आईतबार  ६ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]