प्रेस चौतारीका संस्थापक अध्यक्ष पाठक नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको पाँचौ पुण्य तिथि दिन श्रद्धाञ्जली सभा गरिएको छ ।
बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा संगठनको जिल्ला कमिटीले आज संस्थापक अध्यक्ष पाठकको निधनको पाँचौ दिनमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको श्रद्धाञ्जली सभामा चौतारी झापाका संस्थापक अध्यक्ष तथा पूर्व शिक्षक समेत रहनु भएका स्व. पाठकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
चौतारीका झापा अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले पार्टीको जिल्ला प्रचार विभागमा लामो समयदेखि रहनु भएका नेत्र पाठकले विचार अभिब्यक्ति स्वतन्त्रताको पक्षमा कलम चलाउने निडर पत्रकार रुपमा स्थापित हुनुभएको बताउनु भयो । उहाँले देखाएको मागदर्शनलाई प्रेस चौतारी र अहिलेका पुस्ताका पत्रकारले अनुशरण गर्नुपर्ने अध्यक्ष गिरीले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा नेकपा एमालेका कोशी प्रदेश सदस्य गणेश पोखरेलले स्व.पाठकले पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा अतिथि प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठक, समाजबादी प्रेस संगठन झापा अध्यक्ष शम्भू दाहाल, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका फियाक लिम्बू लगायतले स्व.पाठकले पत्रकारिता क्षेत्रमा गरेको योगदान नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए ।
श्रद्धाञ्जली सभापछि त्यहाँ उपस्थित सवै पत्रकारका संघ संठगनका अध्यक्ष तथा प्रतिनिधिहरु स्व. पाठकको निवास झापाको विर्तामोड ४ मा पुगेर परिवारजनलाई समवेदना ब्यक्त गर्दै समवेदना पत्र परिवारजनलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरणपछि शोक सभामा प्रेस चौतारी नेपाल झापाका पूर्व अध्यक्ष र पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष समेत रहनु भएका माधव विद्रोही तथा महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाईले पाठकले पत्रकारिता मार्फत वामपन्थी विचारलाई जनता समक्ष पुराउन खेल्नु भएको योगदान उच्च रहेको बताउनुभयो ।
स्व.पाठकको दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण गत जेठ ३१ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।