असार ५, २०८२ बिहीबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न संसदीय समितिका सदस्यहरुको हेरफेरसहित व्यवस्थापन कार्यको कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

व्यवस्थापन कार्य अन्तर्गत पर्यटनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभाम उत्पति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ भने सो प्रस्तावलाई पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा कर्य्वाय्व्स्था परामर्श समिति, संयुक्त समिति र विषयगत समितिका सदस्य हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : असार १४, २०८१ बिहीबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]