बाह्रदशीमा मनाइयो धान दिवस
गोल्धाप । झापाको बाह्रदशीमा राष्ट्रिय धान दिवस मनाइएको छ । नेकपा एमाले बाह्रदशी ५ नं. वडा कमिटीको आयोजनामा धान दिवस मनाइएको हो ।
पार्टीको पूर्वी टोल कमिटी अध्यक्ष नविन कार्कीको शान्तिटोलस्थित खेतमा धान रोप्दै धान दिवस मनाइएको एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार हरेक वर्ष असार १५ लाई बाह्रदशीमा भव्य रुपमा मनाउने गरिएको छ ।
वडा कमिटी अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षमा सम्पन्न धान दिवस कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराई रहेका थिए । उनले धान रोप्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लागाई, पार्टीका नेताहरु हरि राजवंशी, बसन्त बानिया, त्रिलोचन सापकोटालगायतको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।