जेष्ठ ७, २०८१ सोमबार

विधेयक फिर्ताको माग गर्दै झापाली पत्रकारको विरोध

भद्रपुर । मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै झापाका पत्रकारले जिल्ला प्रशासन कार्यालय झापामा र्याली सहित कोणसभा गरेका छन् ।
सरकारले मिडिया काउन्सिल विधेयक मार्फत पत्रकारलाई समाचार लेखेकै आधारमा २५ हजार देखि १० लाखसम्म जरिमाना हुने गरी विधेयक संसदमा लगेपछि देशभरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघले विधेयक फिर्ताको माग गर्दै आज देशभर प्रदर्शन सहित विरोध गरेको छ ।
पत्रकार महासंघ झापाको आयोजनामा भएको विरोध कार्यक्रम जिल्ला प्रशासनमा कोणसभा गरी विधेयक फिर्ताको माग गरिएको छ । चन्द्रगडी ट्रेड चोक यूनियन चोकबाट पत्रकारले र्याली गर्दै प्रशासन कार्यालय अगाडि कोण सभा गरेका थिए । उनीहरुले प्रेस स्वतन्त्रता जिन्दावाद, मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता हनन् गर्न पाइदैन भन्दै नारा लगाउँदै जिल्ला प्रशासन पुगेका थिए । सो सभामा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, नारी सञ्चार गृहकी सचिव रेजना रोदन र प्रेस यूनियनका राजेन्द्र गौतमले विधेयक फिर्ताको माग गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार  २ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]