बैशाख २७, २०८२ शनिबार

टी-२० विश्वकप फाइनल: दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य

काठमाडौँ । टी- २० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले सर्बाधिक ७६ रन बनाएका थिए । त्यस्तै अक्सर पटेलले ४७, शिभम दुवेले २७ रन बनाएका थिए ।

त्यस्तै कप्तान रोहित शर्माले ९, ऋषव पन्त शुन्य, सूर्यकुमार यादव ३, हार्दिक पाण्डेयले ५ र रविन्द्र जडेजाले २ रन बनाएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरीच नोकिया र केशव महाराजले २-२ विकेट लिएका थिए भने मार्को जानसेन र कागीसो रबाडाले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : असार १६, २०८१ शनिबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]