असार ५, २०८२ बिहीबार

विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ, १६ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्मा परेकाहरुलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बाग्लुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक र वसन्ती विकले बाढीमा पुरिएर मृत्यवरण गर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्याङ्जा र गुल्मीमा बाढीपहिरोको कारण पछिल्लो चार दिनमा ३० जनाको ज्यान गएको समेत उल्लेख गर्नुभयो । “बाढी पूर्वानुमान महाशाखाले बाढीको जानकारी मात्रै दिएर पुग्दैन, पीडित घाइतेहरुलाई राहत र उपचारको व्यवस्था पनि गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद चन्द्रकान्त भण्डारीले गुल्मीको मालिका गाउँपालिका–६ मा एउटै परिवारका पाँचजनाको परिवारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै प्राकृतिक प्रकोपको जोखिममा परेकाको उद्धार छिटो र छरितो हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : असार १७, २०८१ आईतबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]