बैशाख २७, २०८२ शनिबार

पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो ।

यो जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ । त्यसैगरी यो हारसँगै पोर्चुगलको युरोकप यात्रा समाप्त भएको छ ।

प्रकाशित मिति : असार २३, २०८१ शनिबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]