असार ४, २०८२ बुधबार

युरोकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो ।

२४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन् ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै इङल्याण्डले पेनाल्टी सुट आउटमा स्वीजरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने नेदरल्याण्डसले टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्डस खेल्ने छन् । अब सेमिफाइनलका खेल जुलाई १० र ११ मा हुने छन् भने युरोकपको फाइनल खेल जुलाई १५ मा हुने छ ।

सेमिफाइनल र फाइनल खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि शुरु हुने छन् ।

प्रकाशित मिति : असार २४, २०८१ आईतबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]