असार ४, २०८२ बुधबार

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने छ । उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ । यसअन्तर्गत जिल्ला र जनसङ्गठन इन्चार्जहरू परिवर्तन हुनेछन् ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ ।

प्रकाशित मिति : असार २६, २०८१ मंगलबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]