बैशाख ११, २०८१ मंगलबार

सताक्षी गोल्डकप फागुन पहिलो साताबाट

सताक्षी गोल्डकपको तेस्रो संस्करणका लागि अयोजकले तयारी सुरू गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन पहिलो साताको खेल तालिका सार्वजनिक गरेपछि आयोजक सतासीधाम स्पोर्टिङ क्लबले तयारी थालेको हो।

तेस्रो संस्करणको तयारीका लागि आयोजकले पहिलो चरणमा मैदान सम्याउने, झार काट्ने र घेराबारा गर्ने काम सुरू गरेको छ। शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित गणेशमान सिंह प्राविधिक शिक्षालयको खेलमैदानमा यो सताक्षी गोल्डकप हुने गरेको छ। 

आयोजकलाई तेस्रो संस्करणको तयारीका लागि स्थानीय झिलझिले भेट्रानले सहयोग गरेको छ। बिहीबारदेखि झिलझिले भेट्रानले घेराबार, मैदान चिस्याउने र सम्याउने लगायतका काम गरिरहेको सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फूर्वा तामाङले बताए। अठार खेलाडी तेस्रो संस्करणको तयारीका लागि जुटेको भेट्रानका उपाध्यक्ष प्रदीप कार्कीले बताए।

आयोजकले दस हजार दर्शक अँट्ने अस्थायी प्याराफिट मैदानको चारै दिशामा निर्माण गर्ने भएको छ। आयोजकका अनुसार पूर्वपश्चिम राजमार्गमा प्रतियोगिताका अतिथि, खेलाडी तथा दर्शकको स्वागतद्वार निर्माण हुने छ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो। 

सताक्षी गोल्डकप पहिलो र दोस्रो संस्करणको स्पोन्सर गोर्खा ब्रुअरी प्रालिको टुबोर्ग बियरले गरेको थियो। तेश्रो संस्करणका लागि आयोजकले कर्पोरेट कम्पनीसँग लबिङ थालेको छ।

प्रकाशित मिति : पुष २५, २०७६ शुक्रबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]