असार ३, २०८२ मंगलबार

ओली सरकारमा दलित शुन्य

काठमाडौँ । केपी शर्माओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त हुन सकेनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थिति शुन्य भएको छ ।

एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रकाशित मिति : असार ३२, २०८१ सोमबार  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]