अनेरास्ववियु मेचीनगरद्वारा रक्तदान सम्पन्न
काँकडभिट्टा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगर कमिटीले पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अनेरास्ववियु मेचीनगरद्वारा सोमबार काँकरभिट्टाको टाउन हलमा आयोजित उक्त कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
अनेरास्ववियुले विहान आठ बजेबाट दिउँसोको ११ बजेसम्म रक्तदान गरेको थियो ।
कार्यक्रमबाट २५ पिन्ट रगत संकलन भएको छ । अहिले बर्खाको बेला रगतको अभाव हुने गरेको छ । यस्तोबेला धेरै मात्रामा रक्तदान हुनु खुशीको विषय भएको रेडक्रसकर्मीहरुले जनाएका छन् ।
नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।