भाद्र २४, २०८१ सोमबार

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउन सरकार लागिरहेको बताउनुभएको छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले ती विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन दिन कार्यदल बनाएको जानकारी दिनुभएको छ । ओलीले भैरहवा विमानस्थलमा साताको चारवटा उडान सञ्चालनको लागि हिजोदेखि अनुमति दिएको पनि जानकारी दिनुभएको छ ।

‘थाई एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्याण्ड उडान अनुमति पाएको छ, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ, हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौँ’, ओलीले लेख्नु भएको छ ।

ती विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन विमानस्थलको चाप पनि घट्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । ‘यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ, विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु’, ओलीले फेसबुकमा लेख्नु भएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार  १ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]