बैशाख ३०, २०८२ मंगलबार

क्रिकेट रङ्गशाला निर्माणको विषयमा सरोकारवालासँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले क्रिकेट रङ्गशाला निर्माणको विषयमा आइतबार सरोकारवालासँग छलफल गर्नुभएको छ ।

ओलीले रङ्गशाला निर्माणको विषयमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार तथा सचिवालयका सदस्यहरूसँग छलफल गर्नुभएको हो । उहाँहरूसँगको भेट र छलफलका क्रममा आएका सुझावले आफूलाई थप उत्साहित बनाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

‘क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरूबिच छलफल भयो, यससँगै रङ्गशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ, आजको बिहानी खाजा भेटपछि म उत्साही छु’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।

प्रकाशित मिति : श्रावण २०, २०८१ आईतबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]