जेष्ठ २८, २०८२ मंगलबार

धादिङमा गुडिरहेको माइक्रोमाथि रुख बजारिँदा ७ जना घाइते

काठमाडौं – धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

गजुरी–५ जरेखोला भन्ने स्थानमा माथिबाट आएको पहिरो सहितको रुखले लागेर यात्रु घाइते भएका हुन्। पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो। धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख बजारिएको हो।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार माइक्रो बसमा सवार यात्रुमध्ये ७ जना घाइते भएका हुन्।

प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]