बैशाख २१, २०८२ आईतबार

स्वर्णकार समाजद्वारा महाप्रसाद वितरण

शनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा श्रावणी पर्वको अवसर पारेर नेपाल स्वर्णकार समाज बिर्तामोड झापाले तेस्रो सोमबार महाप्रसाद वितरण गरेको छ । महाप्रसादका रुपमा उनीहरुले खिर तथा जेरी वितरण गरेका हुन् ।

समाजद्वारा जलेश्वरधाममा भगवान शिवजीलाई जल चढाउन आउने आन्तरिक र बाह्यका श्रद्धालु भक्तजनहरुलाई महाप्रसाद खिर र जेरी वितरण गरिएको हो । वितरण कार्यक्रममा स्वर्णकार समाजका अध्यक्ष अनिलकुमार शाहको अगुवाइमा महासचिव किसन कुमार सोनी , संस्थापक अध्यक्ष श्रीकृष्ण सराफी, सदस्य बिनय गुप्ता लगायतको सक्रियता रहेको थियो ।

धार्मिक र समाजिक क्षेत्रमा सहयोग पु¥याउने उद्धेश्यले वि.स.२०७५ सालमा संस्था स्थापना गरिएको थियो । यसअघि रक्तदान, गरीब असहाय अशक्तका लागि सेवा मुलक कार्यक्रम गरिसकेको अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार संस्थाको प्रधान कार्यालय विर्तामोड –३ मा रहेको छ । धुलाबारी र भद्रपुर क्षेत्रमा शाखा कार्यालय विस्तार गरिएको बताइएको छ । संस्थाले क्रमशः पालिकाहरुमा शाखा विस्तार गर्दै लाने तयार गरेको छ ।

जलेश्वरधाममा तेस्रो सोमबार देखि भक्जनहरुको उल्लेखनीय भीड बढ्न थालेको छ । मुल मन्दिरमा भगवानको शिघ्र दर्शन गर्ने चाहाने भक्तजनहरुले तोकेको शुल्क तिरेर गर्न पाउने (लाइनमा बस्नु नपर्ने ) र शुल्क नतिर्नेले लाइनमा बस्नुपर्ने व्यवस्था गरिएको धामका कोषाध्यक्ष मनोज जोशी बताउँछन् ।

भारतको सिक्किम, दार्जिलिङ ,मिरिक, खार्साङ, कालिबुङ सिलीगुडी नेपालका अन्य जिल्ला इलाम, फिदिम, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर लगायतबाट आउने भक्तजनहरु कै सल्लाहले बिगत बर्ष देखि नै शिघ्र दर्शन गर्न पाउने व्यवस्था धामले मिलाएको जोशीले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]