बैशाख २०, २०८२ शनिबार

‘सञ्चालक र कर्मचारीले ठुलो कर्जा नलिदाँ मेची सहकारीले समस्या भोग्नु परेन’

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले संस्थाको २८ औं वार्षिकोत्सव तथा ३० औं साधारणसभा सुरु गरेको छ । इकाइगत तथा सेवाकेन्द्र स्तरमा हुने साधारणसभा आज दकमा सञ्चालन भइरहेको छ । आजदेखि सुरु भएको साधारणसभाको भदौं १२ गते माइन्यूट प्रमाणिकरण हुने बताइएको छ ।

त्यसको पूर्वसन्ध्यामा आज विहान संस्थाले केन्द्रीय कार्यालय दमकमा पत्रकार सम्मेलन गर्दै वार्षिक प्रतिवेदन–२०८१ सार्वजनिक गरेको हो ।

दमकमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले आगामी नीति तथा कार्यक्रम र प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाको वित्तीय अवस्था बारे जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष भट्टराईले नीति कार्यक्रम प्रस्तुत गर्दै सहकारीहरुको क्षेत्रमा वितेको वर्ष सुखद् नभएको बताए । उनले संस्था र सदस्यहरुकै लागि असहज परिस्थितिहरु आएको जानकारी गराए । तर, मेची सहकारी अन्य सहकारीहरु जस्तो जटिल समस्याहरु भोग्न नपरेको बताए । उनले मेची बहुउद्देश्यीय सहकारीले सञ्चालक र कर्मचारीहरुले ठुलो कर्जा नलिएका कारण समस्यामा नपरेको जानकारी गराए । अन्य सहकारीभन्दा मेची र्पथक छ, अध्यक्ष भट्टराईले भने – हामीले अचल सम्पत्तिमा लगानी गरेनौं । जग्गा कारोवारमा लगानी गरेका छैनौं । संस्थाले विना धितो ठुलो लगानी गरेन । जोखिमपूर्ण कर्जा लगानी नगरेका कारण मेची ठिक ढंगले अघि बढिरहेको छ ।

मुल्याङकन बढाएर कर्जा समेत लगानी नगरेको बताउदै अध्यक्ष भट्टराईले सदस्य शिक्षा र कारोवारको सुरक्षाका कारण मेची बहुउद्देश्यीय सहकारी पृतक भएको धारणा राखे ।

०५४ सालमा स्थापना भएको सहकारीले खानेपानी उद्योग सञ्चालनदेखि मेची आवास निर्माण योजनालाई अघि बढाउने तयारी गरेको बताइएको छ । अध्यक्ष भट्टराईका अनुसार चक्लाबन्दी मार्फत फलफूल खेती गर्दै जाने योजना छ । कर्मचारीको १० प्रतिशत तलव वृद्धि गरेको सहकारीले सदस्यहरुलाई १०.५ प्रतिशत लाभांश दिने जनाएको छ ।

१६ हजार ३ सय ४८ सदस्य संख्या रहेको सहकारीले १० वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बगालेले ४ हजार ४० जना कुल ऋणी रहेको जानकारी दिए । उनले ३ अर्व ६ करोड ७१ लाख बचत, ३ अर्व २९ करोड कर्जा लगानी, ३ अर्व ८७ करोड वासलात रहेको बताएका छन् ।

प्रकाशित मिति : श्रावण २८, २०८१ सोमबार  २ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]