जेष्ठ २७, २०८२ सोमबार

झापा अदालतमा थुनुवा कक्ष निर्माण

बनियानी – झापा जिल्ला अदालत परिसरमा थुनुवा कक्ष निर्माण भएको छ । सोमवार एक कार्यक्रमकाबीच थुनुवा कक्षको झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

विभिन्न मुद्दामा फौजदारी अभियोग लागेका प्रतिवादीलाई मुद्दाको प्रक्रियागत सिलसिलामा अदालतमा उपस्थित गराउँदा सुरक्षित तवरले राख्नका लागि अदालतमा थुनुवा कक्ष निर्माण गरिएको झापा अदालतका प्रमुख न्यायाधीश बस्नेतले बताउनुभयो ।

“थुनुवाहरूले आफन्तसँग भेटघाट गर्न पाइएन भन्ने गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो, “थुनुवा कक्ष निर्माण भएसँगै थुनुवासँग उनीहरूका आफन्तले छोटो भेटघाट र बोलचाल गर्न सकिने भएको छ ।”

न्यायसम्पादनमा सहजता ल्याउने उद्देश्यले थुनुवा कक्ष निर्माणका लागि सहयोग गरिएको नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । भद्रपुर नगरपालिकाको रू १० लाख लागतमा निर्माण भएको थुनुवा कक्ष ३० जना क्षमताको रहेको छ भने महिला र पुरुषको फरकफरक शौचालय रहेको छ ।

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]