जेष्ठ २६, २०८२ आईतबार

बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गयो

बझाङ – बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । ६ जनाले भागेर ज्यान बचाएका छन् ।

गएराति बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको ज्यान गएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराति १ बजेतिर झरेको पहिरोले घर पुरेको हो । पहिरो घरमा खस्दा परिवारका नौ जना र एक जना पाहुना समेत १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन । शव प्रहरी र स्थानीयबासिन्दाको टोलीले निकालेको हो । पहिरोमा पाँच वटा बाख्रा पनि पुरिएका छन् ।

प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार  ११ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]