जेष्ठ १४, २०८२ मंगलबार

उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

बिर्तामोड । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू हुन् । उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा भएको पहिरोमा गरेर उनीहरूको ज्यान गएको हो ।

मृत्यु हुने चार जना नेपाली मजदुर मध्ये तीन जना चितवनका माडी घर भएका खुलेको छ ।

माडीका नगरप्रमुख ताराकुमारी काजी महतोका अनुसार मृत्यु भएका मध्ये ३ जना मजदुर माडी २ सितलपुरका ५८ वर्षका तुलबहादुर परियार, माडी–१ भङ्गहाका २६ वर्षका कृष्णबहादुर परियार र माडी ५ छर्छरे घर भएका २८ वर्षका पूर्णबहादुर नेपाली रहेका छन् ।

उनीहरु तीनै जना सडक मजदुरको रुपमा काम गर्न भारत आउनेजाने गर्थे । पहिरोमा परेका तुलबहादुर परियारका दाजु बाबुराम परियारले सडक बनाउने मजदुरी गर्ने काममा भाइ भारत गएका जानकारी दिए ।

उनका अनुसार सडक छेउमा त्रिपाल टाँगेर सुतेका चारै जना मजदुरलाई राती ११ बजे आएको पहिरोले पुरेको हो ।

दाजु परियारले भाइ दसैँमा घर आउने तयारी गरेपनि काम गर्ने सडकमा नै मृत्यु भएको जानकारी दिए ।

माडी नगरपापलिकाका प्रमुख महतोका अनुसार मृतक सबैको शव काम गरेको कम्पनीले नै पठाउन लागेको आफन्तले जानकारी दिएका छन् ।

पछिल्लो ६ महिनादेखि सडक निर्माण मजदुरका रुपमा गढ्वाल क्षेत्रमा कार्यरत उनीहरु बुधबार पहिरोमा परेका थिए ।

मृतकका शवहरू हाल पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र आगामी ३ दिनपछि माडी ल्याउने मृतकका परिवारले जनाएका छन् ।

भारी वर्षाको कारणले नेपालीहरू पहिरोमा परेको भारतीय अखबार नवभारत टाइम्सले उल्लेख गरेको छ ।

हिजो राती १ः २० मा भएको घटनामा परेर नेपालीहरूको ज्यान गएको नवभारत टाइम्सले उल्लेख गरेको छ । तर, ज्यान जानेहरू को को थिए र उनीहरूको नेपाल घर कहाँ हो भन्नेबारेमा भने समाचारमा केहि उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार  २ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]