जेष्ठ १२, २०८२ आईतबार

मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ

झापा । झापाको मेचीनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

आइतबार साँझ साढे ६ बजे मेचीनगर नगरपालिका–१० धुलाबारी चौकमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने अन्दाजी वर्ष २० का सुमित सुनुवारलाई चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट प्लास्टिकसहित ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]