जेष्ठ १२, २०८२ आईतबार

शिवसताक्षीमा दन्त शिविर, १०६ जनाको परीक्षण

शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीले निशुल्क एक दिवसीय दन्त शिविर सञ्चालन गरेको छ । आज शिवसताक्षीको शिवगञ्जमा सञ्चालन गरिएको शिविरमा १०६ जनाले दन्त परीक्षण गराएका छन् ।

युवा संघले ग्रामिण क्षेत्रका नागरिकलाई लक्षित गरी दन्त शिविर सञ्चालन गरेको जनाएको छ । शिविरको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीले उद्घाटन गर्नु भएको थियो । उहाँले उद्घाटनका क्रममा आफ्नो दाँत समेत परीक्षण गराउनु भयो ।
दन्त शिविरमा ऊँ शान्ति डेण्डल हस्पिटलका डा. स्मारक दाहाल टोलीले सहजीकरण गरेको थियो ।

शिविरमा राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य एवम् एमाले झापा जिल्ला कमिटी सदस्य सागर पोर्तेल, निशा लिम्बु, नेकपा एमाले प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, भरत इन्दिरा बस्नेत, नेकपा एमाले केन्द्रिय महाधिवेशन प्रतिनिधि भैरबकुमार श्रेष्ठ, नेकपा एमाले प्रदेश सल्लाहकार समिति सदस्य डम्बर अधिकारी, नेकपा एमाले झापा जिल्ला सल्लाहकार संयोजक तथा प्रदेश सांसद राधाकृष्ण खनाल, नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य धनबहादुर थेवे लगायत जिल्ला कमिटी, नगर कमिटी, युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]