जेष्ठ ४, २०८१ शुक्रबार

अब पछाडि बस्नेले पनि हेलमेट लाउनुपर्ने

काठमाडौं । मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि अब हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको छ । महानगरीय ट्राफिक महाशाखाले नयाँ व्यवस्थाबारे जानकारी दिएको छ ।
एसएसपी वसन्तकुमार पन्तले सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढी छ ।

‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न लागिएको हो’, पन्तले भने, ‘हेलमेट पनि आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने नियममा उल्लेख हुनेछ ।’ सोही अवसमा उनले ट्राफिक कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवाको पनि सुरुवात् गर्न लागिएको बताएका छन् ।
उनले भने, मोबाइलबाटै जरिवाना तिर्ने व्यवस्थाको पनि विकास गर्दैछौ ।’ उनले उपत्यकामा टेम्पो र निलो माइक्रोलाई विस्थापित गरेर ठूला सवारीलाई प्राथमिकता दिने योजना रहेको पनि बताए ।

प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार  ४ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]