आश्विन २४, २०८१ बिहीबार

झापामा यसै शैक्षिक शत्रबाट एमबीबीएस पढाई हुने, बिएण्डसीलाई ५० सिट

बिर्तामोड । झापामा पहिलो पटक बिएण्डसी मेडिकल कलेजमा एमबीबीएस पढाई हुने भएको छ । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको पछि पठनपाठनको सुनिश्चितता भएको हो ।

आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । बिएण्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार एमबीबीएसको पठनपाठन यसै शैक्षिक शत्रबाट सुरु हुने छ । पहिलो चरणमा ५० सिट पाएको विएण्डसीको क्षमता ३०० सिटसम्मको रहेको छ ।

बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो । कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो । कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो ।

प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार  १० : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]