जेष्ठ १०, २०८२ शुक्रबार

मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा ढकाल

बिर्तामोड । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत भएका छन् । आज बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत भएका हुन् । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समितिनै सर्वसम्मत गरेको छ ।

नवनिर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महासचिबमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह–सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सह–कोषाध्यक्षमा महेश हमाल सर्वसम्मत भएका हुन् । यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहेका छन् ।

ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव प्रसाद नेपालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । समितिको कार्यकाल ३ वर्षको रहने सचिव पदम श्रेष्ठले जानकारी दिए ।
सर्वसम्मत नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराएर निर्वाचन समितिका अधिकृत रुद्र प्रसाद भुर्तेलले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : भाद्र २४, २०८१ सोमबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]