चैत्र ६, २०८० मंगलबार

त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, झापाका को–को परे ?

झापा । आज बिहान भएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं पुगेको छ । झापाको काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबस धादिङमा गजुरी गाउँपालिका–६ स्थित बन्छेटारबाट त्रिशूली नदीमा खस्दा हालसम्म मृत्युहुनेको संख्या नौं पुगेको प्रहरी निरिक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।
मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा.पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी नपा बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुष, ३०÷३२ वर्षीय पुरुष र अर्का २०÷२२ वर्षीय पुरुष रहेका छन् । सो दुर्घटनामा अझै केहिको नाम खुलेको छैन । स्रोतका अनुसार हालसम्म पहिचान भएको मध्येमा झापाको नभएको बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]