राष्ट्रिय युवा संघ झापाको अधिवेशन असोज ९–१० मा
बिर्तामोड । राष्ट्रिय युवा संघ झापा जिल्ला कमिटीको आठौं बैठकले जिल्ला अधिवेशनको मिति तोकेको छ । बुधबार सम्पन्न जिल्ला कमिटी बैठकले असोज ९ र १० गते ९औं जिल्ला अधिवेशन गर्ने मिति तय गरेको हो ।
नेकपा एमाले जिल्ला कमिटी झापाको कार्यालय बिर्तामोडमा पार्टीका जिल्ला इञ्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतत, जिल्ला अध्यक्ष प्रेम गिरीको विशिष्ट आतिथ्यतामा बसेको बैठकले अधिवेशनको मिति तोकेको हो ।
जिल्ला संयोजक फुर्वा लामाको संयोजकत्वमा ११ सय १ सदस्यीय सम्मेलन आयोजक मुल समिति बनाइएको इञ्चार्ज सागर पोर्तेलले जानकारी दिए । उनका अनुसार असोज ४ देखि ७ गतेसम्म प्रतिनिधि छनौट हुनेछ । वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला आयोजक कमिटीसहित करिव ३ सय प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनलाई व्यवस्थि तगर्न विभिन्न उपसमितिहरु बनाइएको छ ।
राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीले ०७९ साउनमा सम्मेलन आयोजक कमिटी बनाएर ६ महिनाभित्र अधिवेशन गर्न भनेको थियो । निर्धारित समयमा अधिवेशन हुन नसकेपछि केन्द्रले ०८१ काो भदौंभित्र जिल्ला अधिवेशन गर्न झापालाई निर्देशन गरेको थियो ।