जेष्ठ ९, २०८२ बिहीबार

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ, २७ भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार  ११ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]