जेष्ठ २, २०८२ बिहीबार

घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर महानन्दचोकमा मनिषा लोहारको हत्या

बिर्तामोड । तीन ठाउँमा छुरा प्रहार गरेर अर्जुनधारा –६ महानन्द चोकमा आज साँझ एक युवकले युवतीको हत्या गरेका छन् । प्राप्त सूचना अनुसार छुरा प्रहारबाट इलाम फिक्कलकी १९ वर्षीया मनिषा लोहारको मृत्यू भएको छ ।

उनको घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

पटक–पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई पक्राउ गरेका थिए । तत्कालै युवतीको उपचारका लागि विएण्डसी पुराइएको थियो । युवतीको उपचारका क्रममा मृत्यू भएको बताइएको छ ।

 

प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]