जेष्ठ ९, २०८२ बिहीबार

भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो । नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

स्थानीयले भोटेकोशी नदीमा गाडीको टायर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गाडी खसेको आशंकामा प्रहरीले क्रेन ल्याएर खोजी शुरु गरेको थियो ।

प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]