बैशाख ३०, २०८२ मंगलबार

नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा खरेल

बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा रविन खरेल सर्वसम्मत निर्वाचित भएका छन् । आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा शुक्रराज भण्डारी, महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिव तुलसी कार्की, उपसचिव एवन कटुवाल, गणेश कार्की र कोषाध्यक्षमा ओशिन तामाङ चयन भएका छन् ।

जिल्ला अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशका इञ्चार्ज विप्लप घोष र प्रमुख वक्ताका रुपमा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा रहेका थिए ।

प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]