चैत्र ६, २०८० मंगलबार

त्रिशूलीमा बस दुर्घटना : एक झापालीको मृत्यु

बिर्तामोड । आज बिहान त्रिशूलीमा बस खस्दा झापा हल्दिवारी–५ वडावारीका कृष्ण प्रसाद निरौलाको मृत्यु भएको छ ।
निरौला सहित मृत्यू हुनेको संख्या १० पुगेको छ । झापाको काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबस धादिङमा गजुरी गाउँपालिका–६ स्थित बन्छेटारबाट त्रिशूली नदीमा खसेको थियो । मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा.पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी नपा बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुष, ३०÷३२ वर्षीय पुरुष र अर्का २०÷२२ वर्षीय पुरुष रहेका छन् ।
झापाका निरौला कृषि क्षेत्रमा संस्थागत रुपमा काम गर्दै आएको बुझिएको छ । उनी सोहि शिलशिलामा काठमाडौं गएको बुझिएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]