लसुनाबाट लागूऔषधसहित दुई जना पक्राउ
झापा – सशस्त्र प्रहरी बल नेपालले लागूऔषधसहित दुई जना ब्यक्ति पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले लागूऔषध ब्राउनसुगरसहित जिल्ला झापा कमल गाँउपालिका–७ बस्ने बर्ष २५ को सन्देश लिम्बु र ३६ बर्षको पुर्ण बहादुर लिम्बुलाई झापा गापा १ लसुना सीमा ईलाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
असोज १ गते मंगलबार बेलुकी ०७:५० बजे भारतबाट नेपालतर्फ आउदै गरेको मे ५ प ७८४० नम्बरको होण्डा कम्पनिको डिओ स्कुटर शंका लागि खान तलासी गर्ने क्रममा स्कुटरको भाईजरमा लुकाएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका सूचना अधिकारी एवं निमित्त गणपति सप्रनाउ सुमन पोख्रेलले जानकारी दिए ।