बैशाख २४, २०८२ बुधबार

बिर्तामोडमा किताब मेला हुने

बिर्तामोड । दशैं कोसेली किताब भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा किताब मेला हुने भएको छ । लेखक र पाठकहरुबिच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको आयोजक संसथा वीरता रिडर्सले जनाएको छ ।

रिडर्सका संयोजक तीर्थ सिग्देलका अनुसार बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा असोज ७ गतेदेखि २३ गतेसम्म संचालन हुनेछ । सो मेलामा बिशेषगरेर झापाली लेखकहरुका किताबहरुको छुट्टै स्टल रहने र अरु सम्पूर्ण किताब पाइने बताइएको छ । साथै प्रत्येक दिन लेखहरुसँग पाठकहरुको संवाद गराउने उद्देश्यले कार्यक्रम गरिने छ ।

इशा बुक्स एण्ड स्टेशनरीले स्टल व्यवस्थापन गरेको मेलामा ९ सय किताब रहनेछन् भने एक सय जति झापाका लेखकहरुका किताब राखिने इशा बुक्सका संचालक केशव मैनालीले जानकारी दिनुभयो । उहाँले मेलामा शिक्षा, बित्तीय क्षेत्र, सहकारी, साहित्य लगायत सबै प्रकारका किताब रहने उल्लेख गर्नुभयो । उहाँले झापाका सबै लेखहरुलाई आफ्ना प्काशित कृति बिक्रीका लागि उपलब्ध गराउन आग्रह समेत गर्नुभएको छ ।

एकले अर्काका किताब किनौं भन्ने सोचका साथ र दशैं पढेर मान्यजनलाई किताब उपहार दिऔं भन्ने थप उद्देश्य रहेको मेला आयोजक संस्थाका संयोजक सिग्देलको भनाइ रहेको छ । मेला साहित्य पत्रकार मन्च, झापाली साहित्य समाज र बिर्तामोड पुस्तकालयको सहकार्यमा हुन गइरहकेो छ । बिताृमोडमा मेलाबारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा रिडर्स अभियन्ता सन्तोष आचार्यले यो मेला अत्यन्तै उपयोगी हुने धारणा राख्नुभयो । किताब मेलामा ३० प्रतिशतसम्म छुट पाउनु पाठकहरुका लागि धेरै फाइदाको कुरा भएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]