जेष्ठ ७, २०८२ मंगलबार

दशै लक्षित अग्रिम टीकट खुलाउने तयारी

काठमाडौ, – दशै, तिहार तथा छठपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको अग्रिम टिकट छिटै खुल्ने भएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरु विच सो निर्णय गरेको हो ।

भौतिक पूर्वाधा तथा यातायात मन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभाग अन्तर्गतका सवै सडकहरु घटस्थापना अिघनै मर्मत संहार गरि यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम लगायतका प्रतिनिधीहरु सहभागी छलफलले विपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालय÷ नेपाल प्रहरीमा आग्रह गर्ने समेत निर्णय भएको छ । यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरि मन्त्रालयमा रिपार्टीङ् गर्नु पर्ने छ ।

यस्तै यात्रुहरुको याता सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरि शिघ्र अग्रिम टिकट बुकिङ् खुल्ला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरि सम्वन्धित वसपार्कबाट गन्तव्य स्थल तर्फ जाने गरि व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

ईन्धनको मुल्य पाँच प्रतिशत भन्दा बढि घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन नविगतत एक वर्ष देखि तथा ईन्धनको मुल्य बाहेकको अन्य कारणले गर्नु पर्ने समायोजना विगत तीन वर्ष देखि नभएको सन्दर्भमा आवश्यक तयारी गरि छठ पर्व पछिको हप्तामा उक्त भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने भनिएको छ ।

यातायाता सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको संवोधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवम् अन्य निकायसँग सम्वन्धित सुझावहरु कार्यान्वयनका लागि सम्वन्धित सुझावहरु कायान्वयनका लागि सम्वन्धित निकायहरुमा अनुरोध गर्ने छलफलले निर्णय गरेको छ ।

यातायात व्यवस्थापनसँग सम्वन्धि अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिना भित्र कार्ययोजना तयार गरि पेश गर्न सोहि छलफलले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०८१ शनिबार  १२ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]