सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ
काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ गर्नु भएको छ ।
गोरखा मिडियाका संचालक समेत रहनु भएका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।