जेष्ठ ६, २०८२ सोमबार

दुर्गा प्रसाईका पीडीएफ झापा संयोजक तुम्बापो पक्राऊ

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला संयोजक भीम तुम्बापो पक्राउ परेका छन् । शिवसताक्षी-१ स्थित धरमपुर बजारमा हिँडडुल गरिरहेको अवस्था राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको पीडीएफका जिल्ला संयोजक तुम्बापोलाई इलाका प्रहरी कार्यालय, झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए ।

प्रहरीले यसअघि बिर्तामोड ७, गरामनीस्थित निजी निवासबाट नागरिक पीडीएफका जिल्ला सहसचिव विजय चौधरी पक्राउ गरेको थियो । तुम्बापोलाई कनकाई– ८, बिरिङ पुल र बिर्तामोड –६ गिरीबन्धु टी इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा २ वटा ट्रकमा भएको आगजनीमा संलग्न भएको हुन सक्ने आशङ्कामा पक्राउ गरिएको बताइएको छ । उनीमाथि अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले बताए ।

प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]