जेष्ठ ६, २०८२ सोमबार

मेडिकल व्यवसायी प्रसाईंको मुद्दामा लिखित जवाफ माग

काठमाडौँ, ८ असोजः सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर गरिएकोे बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा लिखित जवाफसहित कारण देखाउ आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलवार उक्त रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफसहित कारण देखाउ आदेश गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश गरेको हो ।

प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]