भारतीय ट्रक आगजनीमा संलग्न प्रसाईका ७ कार्यकर्ता पक्राउ
बिर्तामोड । झापा प्रहरीले दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका ७ जना कार्यकर्ताहरुलाई पक्राउ गरको छ ।
ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले गत आइतवार र सोमवार भारतीय ट्रकमा आगजनी, बिर्तामोड २ चारपानेस्थित पूर्व पश्चिम राजमार्गमा पेट्रोल छर्केर आगजनीको प्रयास गर्ने गतिविधिहरुमा संलग्न रहेको आशंकामा पक्राउ गरेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियानको भातृ संस्था नागरिक प्रतिरक्षा बलका कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले झापाको विभिन्न स्थानहरुबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखिएको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा झापा हल्दिबारी ९ बस्ने बर्ष २४ को बिवश लिम्बू, अर्जुनधारा न.पा.–९ बस्ने बर्ष ३८ को रुद्र भुजेल, हल्दिबारी गा.पा.–१ बस्ने बर्ष ५१ को वीर बहादुर गुरुङ, बिर्तामोड न.पा.–३ बस्ने बर्ष ३५ को उदय लिम्बु, बुद्धशान्ति गा.पा.–४ बस्ने बर्ष १९ को बलिहाङ लिम्बू, मेचीनगर न.पा.–६ बस्ने बर्ष ३३ को राजेश महत र हल्दिबारी गा.पा.– १ बस्ने बर्ष ४७ को खेमराज दाहाल रहेका छन् । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि जिल्ला संयोजक भीम तुम्बापोसहित दुई जना पक्राउ परिसकेका छन् ।